काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिइनेछ ।
पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ ।






