राष्ट्रपति ट्रम्पको गैराकानूनी आदेश नमान्ने : वायु सेना प्रमुख

मंसिर ३, २०७४- अमेरिकी परमाणु हतियार सम्बन्धि सेना प्रमुखले राष्ट्रपति डोनाल्ड ट्रम्पले गैराकानूनी आदेश दिएमा विरोध गर्ने बताएका छन् । वायु सेनाका प्रमुख जोन हितेनले अमेरिकी रणनीतिक सेवाको प्रमुखको हैसियतले राष्ट्रपतिलाई सुझाव दिने बताउनुभयो ।
साथै राष्ट्रपतिको आदेशका लागि अन्य कानूनी उपाय बारे पनि सुझाव दिने उहाँले स्पष्ट पार्नुभएको छ । राष्ट्रपतिले हचुवाको भरमा परमाणु आक्रमणको आदेश दिन सक्ने खतरा रहेको बारे अमेरिकी सासंदबीच भएको विवाद पछि परमाणु हतियार सम्बन्धि प्रमुखले आफ्नो भनाई सार्वजनिक गरेका हुन् । परमाणु हतियार आक्रमणका लागि राष्ट्रपतिले आदेश दिन सक्ने भएपनि लगातार उत्तेजित अभिब्यक्ति दिँदै आएका ट्रम्प प्रति आशंका बढेको बीबीसीले जनाएको छ ।