चार्ल्टन नेपाली समाजको नयाँ वर्ष शुभकामना साँझमा अस्मिता डल्लाकोटी र बिशाल रायमाझीले धमाका मचाउदै !

लन्डन । नेपाली नयाँ वर्षको स्वागतमा प्रवासमा क्रियाशिल विभिन्न सामाजिक सघं संस्थाहरुले विविध कार्यक्रहरु सम्पन्न गरिरहेका छन् । यसैबीच साउथ इष्ट लन्डनको चार्ल्टन आसपासमा बस्ने नेपालीहरुको संस्था ‘चार्ल्टन नेपाली समाज’ ले नेपाली नयाँ वर्ष विशेष कार्यक्रम सहित मनाउने भएको छ ।

आउंदो अप्रिल १७ तारिख आइतबार साँझ एक विशेष कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको समाजले जनाएको छ।स्थानीय मेरिडियन स्पोर्टस् तथा सोसल क्लबमा साँझ ५ देखि ११ बजेसम्म कार्यक्रम हुनेछ ।

चार्ल्टन नेपाली समाज यूके अध्यक्ष रेखा खरेलले नेपाली नयाँ वर्ष २०७९ लाई स्वागत कार्यक्रममा सहभागी भई उत्सवको रुपमा मनाउन आव्हान गरेकी छन् ।

सो अवसरमा विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको र चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र चर्चित गायक विशाल रायमाझीले सागींतिक प्रस्तुती दिने समाजका उपाध्यक्ष प्रकाश कंडेलले बताए ।

नेपाली समाज नटिङहम युकेको निमन्त्रणामा बेलायत आउने कलाकारहरु डल्लाकोटी र रायमाझीलाई पहिलो कार्यक्रम चार्ल्टन नेपाली समाज साझमा उपस्थित रहने समाजका महासचिव लोकनाथ अधिकारीले लन्डन नेपाल न्युज लाइ जानकारी दिए ।

त्यस्तै समाजका महासचिव टि.एन.रिजालले पुरानो साललाई विदाई र नयाँ सालको स्वागत कार्यक्रमलाई सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको भन्दै सबैलाई सहभागिताको निम्ती अनुरोध गरेका छन् ।