ओखलढुंगामा जीप दुर्घटना: २ प्रहरीको मृत्यु

ओखलढुंगा । प्रहरी लिएर हिडेको बोलेरो जीप दुर्घटना हुँदा दूई प्रहरीको मृत्यु भएको छ ।

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बा १६ च १०९४ नम्बरको बोलेरो जीप मानेभञ्जाङ-६ भडारे खोला नजिक दुर्घटना भएको थियो । जीपमा सवार अन्य ८ जना प्रहरी घाइते भएका छन् ।

मृतकको पहिचान भने अहिलेसम्म हुन नसकेको प्रहरीले जनाएको छ । बोलेरोमा ८ प्रहरी, १ सर्वसाधारा, एक चालक गरी १० जना यात्रा गर्दै थिए । तस्बिर : साकेंतिक