एमाले १२० स्थानसहित सबैभन्दा अगाडि

काठमाडौं– वैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहानसम्म नेकपा एमाले १२० स्थानसहित अगाडि रहेको छ । नेपाली कांग्रेस १०४ तथा माओवादी केन्द्र भने ४६ मा सीमित रहेको छ । प्रमुख तीन दलबाहेक राप्रपा १, नयाँ शक्ति १, राजमो १ र स्वतन्त्रले चार स्थान जितेका छन् ।

चार महानगरपालिकामध्ये ललितपुरबाट कांग्रेसले खाता खोलेको छ । ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३ सय मतअन्तरले हराए । एमाले काठमाडौं, भरतपुर, पोखरा महानगरपालिकामा अगाडि रहेको छ ।

अब गन्न बाँकी रहेकामध्ये ४ स्थानमा एमाले अगाडि छ भने कांग्रेस एक स्थानमा अगाडि छ ।

हेटौंडा उपमहानगरपालिकामा एमाले विजय नजिक पुगेको छ ।