मुस्लिम गठबन्धन मधेसी मोर्चाबाट अलग्गियो

काठमाडौं- राष्ट्रिय स्वाधीनतामा आँच आउने गरि गतिविधि गरेको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मधेसी मोर्चाबाट अलग्गिएको छ ।

भदौ ३ गते मोर्चासँग सम्बद्ध भएर मधेस आन्दोलनमा ओर्लिएको गठबन्धन राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको र मानवीय संकट निम्त्याउने गतिविधिमा सामेल भएको भन्दै बाहिरिने निर्णय गरेको हो ।

गठबन्धन अध्यक्ष समिम मियाँ अन्सारीले मोर्चाले अघि सारेको ११ बुँदे मागपत्रमा मुस्लिम समुदायका माग नसमेटिएको पनि गठबन्धनको गुनासो छ ।

मधेसी मोर्चा नेताहरुको दिल्ली भ्रमणलाई लिएर गठबन्धनले आपत्ति जनाएको छ ।

Mushlim