काठमाण्डौ । आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश-विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।
गत दुई वर्ष कोरोना महामारीका कारण खासै चहलपहल नभएको बजारमा आज भने बिहानैदेखि चहलपहल देखिएको छ ।
विदेशमा रहेका विभिन्न प्रवासी नेपाली सघंसंस्थाहरुले पनि नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिरहेका छन् ।
बेलायत,अस्ट्रेलिया,भारत,दुबई,कतार लगायतका देशहरुमा नेपाली कलाकारहरुको उपस्थितिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु भईरहेका छन् ।






