शिब भण्डारी
लण्डन । सहारा यूकेले हरेक वर्ष आयोजना गर्दै आएको च्यारिटी डिनर कार्यक्रम शनिबार साँझ सम्पन्न भयो । अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रममा विभिन्न चर्चित कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए ।
गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामीले उद्धघाटन गरेको सो कार्यक्रमलाई सहारा यूकेका अध्यक्ष मिन गुरुङले आगन्तुकहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका तृतिय सचिव भुपेन्द्र घिमिरे, गैरआवासीय नेपाली संघ यूकेका महासचिव राजकुमार त्रिपाठी लगायत कार्यक्रममा दर्जन भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो ।
कार्यक्रममा झण्डै ३ सय जनाको सहभागित रहेको अनुमान गरिएको छ । कार्यक्रमबाट संकलित रकम नेपालको परोपकारी कामको लागि दुई वटा प्रोजेक्टमा खर्चिने सहाराले जनाएको छ ।
सिन्धुपाल्चोकमा हामीले निर्माण गर्न लागेको विद्यालय भवनलाई पूरा गर्नुपर्नेछ र अल्डरसट सनडे लिग खेल्ने हाम्रा युवाहरुलाई पनि सहयोग योजना रहेको छ ।
कोष संकलनको लागि कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारसहित राफल ड्र गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु आरके गुरुङ, भुमा गुरुङ, रुपा गुरुङ र धन गुरुङका साथै बेलायतस्थित गायिका ममता गुरुङको प्रस्तुति दिए ।
सोहि अवसरमा सहारा यूकेले वर्षेनी प्रदान गर्दै आएको सहारा यूके अवार्ड र सहारा यूके स्पेसल अवार्ड पनि प्रदान गरियो । सहारा यूके अवार्ड संस्थाभित्र पुर्याएको योगदानको लागि दिइन्छ भने स्पेसल अवार्ड संस्थाबाहिर समेत राष्ट्रिय, अन्तर्राष्ट्रिय तहमा सामाजिक क्षेत्रमा गरेको योगदानको लागि प्रदान गरिन्छ ।







