सरकारका प्रवक्ताले नै भने, ‘प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउनू’

sherdhan raiकाठमाडौं- जनआन्दोलनपछि उत्वसकारुपमा मनाउन छाडिएको प्रजातन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन सरकारका प्रवक्ताले नै अपिल गरेका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयले सम्बन्धित निकाय तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसँग आयोजना गरेको छलफलका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेका अवस्थामा यसपटकको प्रजातन्त्र दिवसका अवसरमा संविधानको कार्यान्वयन पक्षलाई प्राथमिकता दिइने बताउनुभयो ।

‘प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमिति संयोजकसमेत रहनुभएका मन्त्री राईले फागुन ६, ७ र ८ गते तीनदिनसम्म प्रजातन्त्र दिवसलाई व्यापक प्रचारप्रसार र रचनात्मक ढङ्गले विभिन्न कार्यक्रमका साथ मनाइने जानकारी दिनुभयो ।

मन्त्रालयले प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक रेडियो प्रसारक सङ्घ, उपत्यका रेडियो प्रसारक सङ्घलगायतलाई प्रजातन्त्र दिवससम्बन्धी सन्देश प्रसारण गर्न आग्रह गरेको छ ।