बेलायती सहयोगप्रति उपप्रधानमन्त्री निधिले दिए धन्यवाद

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच आज भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचनका बिषयमा चासो व्यक्त गर्नु भएको थियो । त्यस अबसरमा गृहमन्त्री निधिले निर्बाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्बाचनका लागि आबश्यक लजिस्टिक सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निमार्णमा गरेको सहयोगका लागि धन्यवाद दिनु भएको थियो । सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीचआपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।