कमल थापाले आचारसंहिता उल्लंघन गरेको आरोप

काठमाडौं– निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई स्पष्टीकरण सोध्ने बताएको छ ।

आयोगले उपप्रधानमन्त्री थापा आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा रहेकोमा ध्यानाकर्षण भएको जनाएको हो । उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी गराएका थिएनन् । यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए ।