प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

सान होजे– प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उनको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

रासस