गोर्खा कपको तयारीमा जुट्यो तमुधिं यूके

लन्डन– तमुधिं यूके १५ औं गोर्खा कप फुटबल २०१७ को तयारीमा जुटेको छ ।

वर्ष मे २८ मा क्विन्स एभेन्यू, अल्डरसटमा हुन गइरहेको १५ औं गोर्खा कप फुटबल २०१७ बारे तमुधिंको तेस्रो कार्यकारिणी बैठकमा छलफल भएको छ । बैठकमा स्पोर्टस कोअर्डिनेटर क्याप्टेन पिताम्बर गुरुङले सम्पूर्ण तयारीबारे जानकारी दिएका थिए ।

गुरुङका अनुसार प्रतियोगितामा नन भेट्रान र भेट्रान गरि क्रमशः ३२ र ८ टिमले भाग लिने छन् । अमेरिका र हङकङबाट समेत अन्तर्राष्ट्रिय टिम सहभागी गराउन पहल गरिएको उनले बताए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप हेर्न १२ देखि १४ हजार दर्शक सहभागी हुने विश्वास व्यक्त गरे । बिजनेस कोअर्डिनेटर उपाध्यक्ष नन्द गुरुङले १० खाना स्टल र अन्य व्यापारिक स्टल साथै सोधपुछ, पत्रकार एवं लस्ट एन्ड फाउन्ड स्टल गरि ४० वटा रहने जानकारी दिए ।