लन्डन– बेलायत भ्रमणमा रहेकी कांग्रेस नेतृ डा। आरजु देउवासँग एनआरएनए यूकेले अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।
६ फेब्रुअरी साँझ लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा हुने छलफल एवं अन्तर्क्रिया कार्यक्रममा उपस्थित भइदिन एनआरएनए यूकेले आफ्ना संरक्षक, अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरु, युरोप संयोजक, सल्लाहकार र कार्यसमितिका सदस्यहरुलाई अनुरोध गरेको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा। आरजु राणा देउवा कांग्रेसकी सभासद हुन् ।






