एनआरएनए अष्ट्रेलिया आईसीसी सदस्यमा अधिकारीको उम्मेद्वारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया आईसीसी सदस्यको लागि राजकुमार अधिकारीले  उम्मेद्वारी दिएका छन् ।

समुदायको बृहतर हित र सेवाका निम्ति आफ्ना सामाजिक जीवनका अनुभव र अरुका सुझावहरुलाई शिरोपर गर्दै परिणाममुखी सामाजिक कार्यमा निरन्तर सहभागि हुने प्रतिबद्ध्ता व्यक्त गर्दै उनले उम्मेद्वारी घोषणा गरेका छन् ।

हाम्रो एनआरएनए, राम्रो एनआरएनए भन्ने नारासहित चुनावी अभियानमा लागेका उनी अष्ट्रेलियाका विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेर समाजसेवा गर्दै आएका छन् ।

पोखरा समाज अष्ट्रेलियाको अध्यक्षको रुपमा उनले नेपालमा आर्थिक अवस्था कम भएको कारणले विभिन्न रोगहरुसँग छटपटाईरहेका नेपालीहरुलाई आर्थिक राहत बाँड्ने, अष्ट्रेलियामा सचेतना अभियान चलाउने, रक्तदान कार्यक्रम गर्ने लयायतका विभिन्न समाजसेवाका अभियानको नेतृत्वहरु गर्दै आएका छन् ।

उनले यसप्रकारका परिणाममुखी काम गर्ने आफ्नो प्रतिबद्धता रहेको भन्दै यसको लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।