विनर सर्कल विस्तारित हुँदै, तास्मानियामा गठन भयो नयाँ शाखा

तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल अष्ट्रेलियाले तास्मानिया शाखा स्थापना गरेको छ । साजन परियारको अध्यक्षतामा विनर सर्कल तास्मानिया गठन गरिएको हो ।

टोलोसा पार्कमा भएको एक समारोहमा बोल्दै अध्यक्ष परियारले व्यक्ति, स्वार्थ र राजनीतिबाट माथि उठेर समाजसेवा गर्नको निम्ति संस्था अघि बढ्ने प्रतिबद्धता जनाए ।

यहाँ रहेका विद्यार्थीहरुको निम्ती काम गर्न विनर सर्कल एक कोशेढुँगा सावित हुने उनले बताए ।

करिब ३० व्यक्तिहरु सहभागि रहेको उक्त कार्यक्रममा बोल्दै एनआरएनए तासमानिया संयोजक पदका उम्मेद्वार राकेश शाक्यले विनर सर्कलले राखेको उद्धेश्य प्राप्तिमा सदैव सहयोग र सहकार्य गर्ने बताए ।

चुनावको निर्णय जेसुकै भएपनि नियमित रुपमा सहकार्य गरिने उनले बताए ।

त्यस्तै समाजसेवी पूनम पन्तले विनर सर्कललाई अगाडी बढ्न आग्रह गर्दै स्थानीय सरकारसँग आवश्यक पर्ने सहयोगको लिनको निम्ती आफूले सहजीकरण गर्ने बताइन् ।


यसैगरी कंगारु एडुकेशनका निर्देशक रोशन मैनालीले उच्च सोँचको साथमा स्थापना भएको विनर सर्कल टिमलाई बधाई दिदै जोशिला युवाहरुले राम्रो काम शुरू गरेकोमा बधाई दिए । आगामी दिनमा कंगारु एडुकेशनले पनि संस्थाको उद्धेश्यप्राप्तिमा सहयोग गर्ने बताए ।

सर्कलका संस्थापक रोशन खतिवडाले अन्य राज्यहरुमा पनि शाखाहरु विस्तार गर्ने क्रम जारी रहेको जानकारी दिए । शाखा विस्तारको क्रम अन्तिम चरणमा रहेको र त्यसलाई अफिशियल रुप दिन अझै केही समय लाग्ने उनले बताए ।

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई एकीकृत गर्ने, सकारात्मक काम गर्ने तथा यहाँ रहेका विकृतिहरु हटाउने गरी अघि बढ्ने सोँचका साथ देशभर नै विनर सर्कलले आफ्नो नेटवर्क बढाउने उनको भनाई छ ।