मन्त्री परिषद्को विहिबार बसेको वैठकले १६ जना सह सचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। निर्णय अनुसार सुरेशप्रकाश आचार्य, शरदराज बिष्ट, गजेन्द्र प्रसाद ठाकुर, सुनिल बहादुर मल्ल, लक्ष्मणप्रसाद मैनालीलाई सचिवमा बढुवा गरिएको छ। त्यस्तै सचिवमा बढुवा हुनेमा रामकुमार आचार्य, राजन खनाल, विजयकुमार मल्लिक, इश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा, नवराज भण्डारी, दिनेश थपलिया, खुमराज पुञ्जाली, प्रेमकुमार राई, श्रीधर सापकोटा र इश्वरराज श्रेष्ठ रहेको नेपाल सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिएका छन्।
बढुवा भएकामध्ये सुनिलबहादुरलाई सूचना तथा सन्चार मन्त्रालय, रमेशकुमार शर्मा सतर्कता केन्द्र, दिनेश थपलिया क्षेत्रीय प्रशासन पोखरा, प्रेमकुमार राई अख्तियार दुरूपयोग अनुसन्धान अायोगको जिम्मेवारी िदइएको छ।
त्यस्तै मन्त्रिपरिषद्को वैठकले जडिबुटी प्रसाधन र प्रशोधन केन्द्रको अध्यक्षमा अर्को निर्णय नभएसम्मका लािग वनस्पति विभागका महाप्रबन्धक यमबहादुर थापालाई जिम्मेवारी दिने िनर्णय गरेको छ।






