कोसीमा डल्फिन घट्दो

dolphins

 

 

इनरुवा, १६ फागुन  – सप्तकोसी नदीमा डल्फिन वार्षिक रुपमा घट्दै गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका अनुसार चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म डल्फिन घट्ने क्रम बढेको हो । स्थानीयवासीले प्रयोग गर्ने तयारी जाल, पानीको वेग पश्चिमी किनारा बगेर जानेलगायत कारण डल्फिनमा ह्वात्तै कमी आएको आरक्षका संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

विसं २००९ मा चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म गरिएको गणनाअनुसार कोसीमा १२ डल्फिन भएकामा २०१४ मा गरिएको गणनाअनुसार सात वटामा सीमित भएको बताइएको छ । रासस