एनटिसीको रिचार्जमा समस्या

काठमाडौं- नेपाल टेलिकमको मोबाइल ब्यालेन्स रिचार्ज र  ट्रान्सफरमा शुक्रबारदेखि समस्या आएको छ। प्रयोगकर्ताले दुई-चार दिन अगाडि देखि नै रिचार्ज तथा ब्यालेन्स ट्रान्सफरमा समस्या भएको बताएपनि टेलिकमले भने शुक्रबारदेखि मात्र समस्या आएको जनाएको छ।
 नेपाल टेलिकमका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार हिजो बेलुकादेखि केही स्थानमा रिचार्ज तथा ब्यालेन्स ट्रान्सफरको समस्या आएको हो। ‘सिस्टम अपडेट गर्दा समस्या आएको हुनसक्छ,’ उनले भने, ‘तर के कारणले यस्तो समस्या आएको हो ठ्याक्कै भन्न सकिने अवस्था छैन।’
ती अधिकारीले दिएको जानकारीअनुसार आज दिउँसोसम्ममा समस्या समधान हुनेछ।