सत्तापक्षले रातो कार्पेट ओछ्याउँदा पनि विपक्षी सडकमा जानु दुःखद् : ज्ञवाली

पोखरा, १६ फागुन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणका अन्तरवस्तुमा संवाद र सहमतिका लागि सत्तापक्षले विपक्षी दललाई रातो कार्पेट ओछ्याएर आह्वान गर्दागर्दै सडक आन्दोलनमा जानु दुःखद् भएको बताएका छन् ।Pradip_Gywali_20120326091828

 

 

 

 

 

 

 

 

 

 

प्रेस चौतारी नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सडक आन्दोलनबाटै सबै छिनोफानो गर्छु भन्ने एकीकृत नेकपा माओवादीको गञ्जागोल र अन्योलग्रस्त गन्तव्यले फेरि नेपाली जनता र मुलुकले दुःख पाउने समेत दाबी गरे ।

माघ ५ गते संविधान निर्माणको प्रक्रिया जुन बिन्दुमा पुगेको थियो त्यहीबाट वार्ता सुरु गर्न सत्तापक्ष तयार रहेको जानकारी दिँदै उनले प्रक्रिया सुरु भए पनि संवादको ढोका खुल्लै राखिएको विचार व्यक्त गरे ।

ज्ञवालीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते नयाँ संविधान घोषणा गर्ने तयारीमा सत्तापक्ष रहेकाले यो ऐतिहासिक अवसर गुम्न नदिन विपक्षीसँग आग्रह समेत गरे ।
नेपाली काँग्रेसबाटै सरकारको नेतृत्वका बारेमा आलोचना भए पनि एमाले भने सरकारको विकल्प खोज्ने पक्षमा नरहेको चर्चा गर्दै उनले एमाले सरकार परिवर्तनमा नलागी दोस्रो संविधानसभालाई असफल हुन नदिने पक्षमा रहेको बताए ।