स्वाईनफ्लुबाट बच्न सर्जिकल मास्क प्रभावकारी

धनगढी, १६फागुन  । स्वाईनफ्लुबाट बच्न सर्जिकल मास्क लगाउँदा प्रभावकारी हुने स्वास्थ्यकर्मीले सुझाएका छन् । बजारको माक्सले कुनै काम गर्न नसक्ने भएकाले जथाभावी सो माक्स प्रयोग नगर्न उनीहरुले सुझाएका हुन् ।
यो रोग रोकथामका लागि दैनिक साबुन पानीले हात धुन र धेरै भीडभाड भएको ठाउँमा नजान जिल्ला जनस्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक महेश चन्दले बताए ।
उनले स्वाइनफुलुबाट बच्न बजारमा रहेको माक्स किन्ने परिपाटी अहिले बढ्दै गएकोले त्यसले कुनै रोकथाम नगर्ने जिकिर गरे । बजारमा माक्स किन्नेको संख्या बढ्दै गएपछि व्यापारीले त्यसको चर्को रुपैयाँ असुल्न थालेकोले सो माक्स किन्नुको अर्थ नभएको सर्वसाधारणलाई आग्रह गरे ।

 

mask

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो मौसमी रोग भएकोले सुरुमा नाकको भित्रि भाग, आँखा, मुखमा जथाभावी हात नलगाउन निरिक्षक चन्दले सुझाए ।
त्यसै गरी कैलालीमा हात्तीपाइले रोगीको संख्या एक हजार पाँच सय ३८ पुगेको यहाँ आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ । यही फागुन २३ देखि २५ गतेसम्म राष्ट्रिय रुपमा हात्तीपाइलेको औषधी खुवाइने कार्यक्रम रहेको सेती अञ्चल अस्पतालका डा. युवराज न्यौपानेले बताए ।
यो औषधी खाली पेट, गर्भवती महिला, मुटु, फोक्सो मृगौला र ७० वर्षमाथिका बृद्धबृद्धालाई नखुवाउन डा. न्यौपानेले सुझाव दिएका छन् ।
कैलालीमा जिल्लाभर पाँच सय २१ जना स्वयमसेविकालाई परिचालन गरी ८ लाख २३ हजार ९ सय ६७ जनालाई हात्तीपाइली रोगको औषधी खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य प्रमुख राजेन्द्रप्रसाद खत्रीले बताए ।