राँगाले मान्छे मार्‍यो

सप्तरी, १६ फागुन। सप्तरीकोदेउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा-७ का शिवनारायण यादवको मृत्यु भएको छ।

यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए। राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आज बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस