नेपाल प्रेस युनियन बाँकेद्वारा शनिबार आयोजितपत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमाओवादीले नेतृत्व गरेको ३०दलीय मोर्चा साँच्चिकै संविधान लेखनप्रति इमान्दार छ भने संविधानसभाबाटभाग्नु हुँदैन ।”
“मोर्चाले गरिरहेको आन्दोलनको औचित्य पुष्टि हुँदैन, जनमतलाई उपहास गरी सडकबाट संविधान बनाउँछु भन्ने तर, संविधानसभावाट भाग्नेयसको जवाफ जनतालाई मोर्चाले दिनुपर्छ”, मन्त्री साउदको भनाइ थियो ।पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा नेपाली काँग्रेसका केन्द्रीयसदस्यसमेत रहनुभएका मन्त्री साउदले लोकतान्त्रिक पद्धतिबाट नै संविधाननिर्माण हुने भए पनि संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्छ भन्ने आफ्नोदलको मान्यता रहिआएको बताए ।
अब निश्चित समयसम्म सहमतिको प्रयास हुने रनभएप्रक्रियालाई छाड्न नसकिने बताउँदै उनले मुलुकलाई थप राजनीतिक अन्योलकोपरिस्थितिमा राख्न नसकिने बताए ।पत्रकारको अर्को प्रश्नको जवाफमामन्त्री साउदले सरकारले राष्ट्रिय महत्वको आयोजनालाई प्राथमिकतामा राखे पनिजनताको दैनिक जीवनलाई सहज बनाउने योजनालाई पनि ग्रामीण तहसम्म पुर्याएको दाबी गरे । रासस






