एनआरएनए पोर्चुगलका अध्यक्ष गैह्रेद्धारा ह्वीलचेयर सहयोग ।

गैंडाकोट ।

एनआरएनए पोर्चुगलका अध्यक्ष एवम गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव तिलक गैह्रेले ५ वटा ह्वील चेयर निशुल्क सहयोग गरेका छन् । सात समुन्द्र पारी रहेर पनि आफ्नो जन्मस्थानमा भएको दुख र पीडालाई नजिक वाट निहालेका गैह्रेले गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई उक्त ह्वील चेयर सहयोग  गरेका हुन् । । गैंडाकोट ६ मा जन्मिएर पोर्चुगलमा व्यवसाय गर्दै आएका गैह्रेसँगै उनकी धर्मपत्नीले गरेको सहयोग आज हस्तान्तरण गरिएको हो ।

 

संस्थामा रहेका १९ जना अपाङ्गता भएका व्यक्तिहरुमध्ये ५ जनालाई ह्वीलचेयर आवश्यक परेको जानकारी सामाजिक संजालबाट थाहा पाएपछि मानविय भावना भएका गैह्रेले गैडाकोट खेलकुद समितिका संस्थापक अध्यक्ष लक्ष्मण कार्कीको समन्वयमा एक दिनको खाना र नगद रु १० हजार गरि पन्ध्र हजार सहित उक्त ह्वील चेयर व्यक्तिगत सहयोगमा उपलब्ध गराएको एनआरएनएका क्षेत्रीय कोषाध्यक्ष तोयनाथ कडेँल शिवले जानकारी दिए ।

ह्वीलचेयर पाएपछि वैशाखीको भरमा जिवन जिउनुभएका डीपी कोइरालाले गैह्रेले आफूहरुलाई खुट्टानै दिएको भन्दै अव टाढा टाढा जान आउन साथै क्षमताले भ्याएसम्मका दैनिक कार्य गर्न सकिने बताएका छन् । दिपक वहादुर कार्कीले ह्वीलचेयर नै आफूहरुको खुट्टा भएको भन्दै सहयोगी दातालाई धेरै धेरै धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले राज्यले कानुनमै अपाङ्गता भएका व्यक्तिको जिम्मा सरकारले लिने भनेपनि व्यवहारमा त्यसो नभएको बताए । राज्यले कानुन वनाउने तर कार्यान्वयन नगर्दा आज अपाङ्गता भएका व्यक्तिहरुको जिवन परिवर्तनमा कठिनाई भएको भन्दै गैह्रेले गरेको मानविय सहयोगले सरकारलाई पाठ सिकाएको बताए ।कोभिड १९ जस्तो संकटकालिन अवस्थामापनि आफ्नो ठाउँलाई सम्झिएर गैह्रेले कल्याणकारी कार्य गरेको भन्दै आगामी दिनमा आफूले पनि सामाजिक विकास मन्त्रालय मार्फत संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सहयोग प्राप्त पछि कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अतिनै आवश्यक भएको सामाग्री पाउँदा आफूहरु धेरै खुशी भएको बताए । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदा थप हौसला मिलेको बताए ।

कार्यक्रममा गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, नेपाली काँग्रेसका नगरसभापति तारापति खरेल, वडा सभापति शिव काफ्ले, मौलाकालिका धार्मिक सेवा समितिका उपाध्यक्ष खगराज कडेँल,गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की,नवलपुर जिल्ला वक्सिङ संघका जिल्ला उपाध्यक्ष दल वहादुर राना, नेविसंघ नगरसदस्य अमित घिमिरे,वडानम्वर ४ का संयोजक रोशन दर्लामी,उप संयोजक अन्जिता परियार लगायतको उपस्थिती रहेको थियो । चितवन खबर