लन्डन।ग्लोबल आइएमई बैंकले बेलायतमा बस्ने नेपालीहरुलाई सिधै पाउण्डमा खाता खोल्ने सुविधा ल्याएको छ । यस योजना अन्तर्गत बेलायतमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेर पाउण्डमै मुद्दती खाता
(फिक्सड डिपोजिट अकाउण्ट) सकिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयमा कार्यरत सिनियर बिजनेश डेभलप्मेन्ट म्यानेजर अमित चालिसेले बेलायतका नेपालीको सुविधाका लागि यो सेवा ल्याएको जानकारी दिए । साथै, आगामी दिनमा पनि नयाँ नयाँ योजनाहरु मार्फत सेवा प्रदान गर्ने कुराको जानकारी दिए ।
उक्त खाता खोले वार्षिक ४ दशमलव ५ प्रतिशत ब्याज आउने, म्याचुरिटी भएपछि बैंकमार्फत आफ्नो सावा-ब्याज फिर्ता ल्याउने सकिने, त्रैमासिक ब्याज आउने, यूकेमा अरु बैंकमा भन्दा बढि ब्याज पाइने, आफूले राखेको रकमबाट नेपालमा ९० प्रतिशतसम्म ऋण लिन सकिने, मोबाइल र इन्टरनेट बैंकिग सेवा उपलब्ध हुने जस्ता फाइदा रहेको पनि चालिसेले जनाए ।
ग्लोवल आइएमइ बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयले विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिइरहेको छ । उक्त कार्यालयबाट नेपालमा खाता खोल्ने देखि यस बैंकसंग सम्बन्धित अन्य सेवाबारे जानकारी लिन सकिन्छ ।






