सिड्नी होली मेलाको तयारी पूरा, अभिभावकलाई यस्तो अफर

तक्दीर अधिकारी
सिड्नी । सिड्नीको चर्चित इभेन्ट आयोजक नेप्लिज स्क्वाट इन्टरटेमेन्ट र कमेरो इभेन्टले संयुक्तरुपमा मार्च ८ आइतबार आयोजना गर्न लागेको एपोलो सिड्नी होली मेला २०२० को तयारी पूरा भएको छ । आयोजकले दिएको पछिल्लो सूचनाअनुसार होली मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

अघिल्लो वर्ष आयोजकले सिड्नीको छुट्टाछुट्टै स्थानमा होली मेला आयोजना गर्थे । दुई स्थानमा होली मेला आयोजना हुँदा सिड्नीका नेपाली विभाजित हुन्थे, तर यसपटक दुवै आयोजकले एकै स्थानमा होली मेला आयोजना गर्न लागेकाले यो होली मेला विशेष हुने ठानिएको छ ।

विशेषगरी सिड्नीको अबर्न र यसका आसपासमा नेपालीहरुको बासस्थान बाक्लो छ । नेपालीहरुको बासस्थान सिड्नीको साउथ र वेस्टमा धेरै भएका कारणले पनि होली मेला भव्य हुने आयोजकको दाबी छ ।

आयोजकले यस वर्ष अभिभावक र ८ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको सुविधा दिएकाको छ । त्यसैले यो होली मेलो सांस्कृतिक एवम् पारिवारिक हुने ठानिएको छ । दिउँसो १ बजेबाट सुरु हुने यो होली मेला साँझ साढे ९ बजेसम्म रहने छ भने होलीमा लगाइने सेतो टिसर्ट प्रवेश शुल्कमै आयोजकले उपलब्ध गराउने छ । रंग भने होली खेलिने स्थानमै सुपथ मूल्यमा उपलब्ध गराएको आयोजकमध्येका एकले लन्डन नेपाल न्यूज डटकमलाई जानकारी दिए ।

होलीलाई सांगीतिक माहोल दिन नेपालबाट कलाकारहरु बिहीबार नै सिड्नी आइपुगेका छन् भने कार्यक्रममा सुशान्त केसी, तृष्णा गुरुङ, अल्मोडा, मरिष्का पोखरेल, एलिसा शर्मा, ओशिन सिटौला र दिनेश काफ्लेको साथमा स्थानीय डिजे बिरक, सुशील, नटकेश, प्रनेस, प्यब्लो र यानोनलगायतको प्रस्तुतिले भरपूर मनोरन्जन प्रदान गर्ने छन् ।

प्राप्त सूचनाअनुसार यसपटकको होलीलाई मौसमले पनि साथ दिएको हुनाले सांस्कृतिक रुपमा मनाउँदै मनोरञ्जन लिनका लागि सिड्नीवासी नेपाली समुदायलाई सहयोगिताका लागि आयोजकले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *