जनताले कम्यूनिष्टप्रति गरेको विश्वास कमहुन दिँनौः रावल

अछाम- नेकपा एमालेका उपाध्यक्ष तथा अछाम–१ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले कम्यूनिष्टले जनताको मत, विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा लागीपर्ने बताए ।

सदरमुकाम मंगलसेनमा विजयी सभालाई सम्बोधन गर्दै रावलले जनताले कम्यूनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताए । वाम वगठबन्धनको बिजय संगै नयाँ बन्ने सरकारले देशको विकास र समृिद्वलाई तिब्र गतिमा अघि बढाउने बताए ।

देशको साझा सवाल र जनताका समस्यालाई समाधान गर्नका लागि जनताले वामपन्थी दललाई आफ्नो अभिमत प्रकट गरेको रावलले बताए ।
अछामका ६ सिटमा वाम गठबन्धनका उम्मेद्वार बिजयी भइसकेपछी भएको बिजयी सभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकिएको बताए ।

अछामका सबै सिट र देशैभरी वाम गठबन्धनका उम्मेद्वार विजयी भएसँगै राष्टि«य अखण्डता र एकताका बिरुद्व बोल्नेहरुका लागि मुखभरीको जवाफ मिलेको उल्लेख गरे ।
वामपन्थीको सरकार बनेपछि जनताका लागि विकास र समृद्वि दिने र सडक, पुल, बिमानिस्थल, जलबिद्युत आयोजना, अस्पताल जस्ता पूर्वाधार बनाएर जनतालाई खुसी दिने भन्दै रावलले कसैले पनी रुन नपर्ने बताए ।

कम्यूनिष्टको बिजयले देशको समृद्वि र विकासमा युवा शक्ति र सम्पूर्ण देशवासिलाई परिचालित गर्न समेत सुझाव दिएको रावलको भनाई थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशको विकास, आर्थिक समृद्धि र जनताको खुसीका लागि बिपक्षी दल र पराजित उम्मेद्वारसँग पनि सहकार्यगरि अघि बढ्न तयार रहेको तर संविधानको अधिनमा रहि जनतालाई माया गरेर अघि बढ्न सिक्नुपर्ने बताए ।