मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैनः राणा

k[YjLhoGtLsf] cj;/df cGtlqm{of /fli6«o k|hftGq kf6L{sf cWoIf kz'klt zDz]/ hj/fn] k[YjLhoGtLsf cj;/df kf6L{åf/f dªunaf/ sf7df8f}Fdf cfof]lht cGtlqm{of sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M s[i0f/fh uf}td, /f;;

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान विद्येयकको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्नेबारेमा राप्रपाले अहिलेसम्म निर्णय लिइसकेको छैन ।”

उहाँले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गर्नुभयो । नेता राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पु¥याउनुभएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गर्नुभयो ।