काठमाडौं–१ मा समानुपातिकतर्फ कांग्रेस पछि विवेकशील साझा

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १ सय २१ मत पाएको छ ।

यो क्षेत्रमा नेकपा एमाले भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९ सय ११ र एमालेले छ हजार ५ सय ८ मत पाएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले एक हजार ६ सय ८० मत ल्याएको छ । कुल २८ हजार २ सय ४६ मतमा ८ सय ५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौंका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए ।