भैरहवा, २१ माघ । भैरहवा तथा यस आसपासमा रहेका जिल्लावासीले अब निशुल्क रुपमा मृगौलाको डायलासिस सेवा पाउने भएका छन ।
भैरहवामा रही स्वास्थ्य क्षेत्रमा अति सुविधा सम्पन्न सेवा प्रदान गर्दै आईरहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा मृगौलाका रागीले यो सुविधा पाउने भएका छन । कलेजले बुधवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको छ ।
मेडिकल कलेजले भैरहवामै सो सुविधा उपलब्ध गराए पछि यस आसपासका बिरामीहरुलाई काठमाण्डौं लगि महङ्गो शुल्क तिरेर उपचार गर्ने झण्झट टरेको छ । अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थय सेवा विभाग बिच मृगौला विरामीहरुलाई हेमोडायलासिस विभाग अन्तर्गत निःशुल्क डायलासिस सेवा प्रदान गर्ने सम्बन्धमा लिखित सम्झौता गरी सेवा सुचारु गरेको कलेजका प्राचार्य प्राध्यापक डा. मणिन्द्रनाथ पालले जानकारी दिए ।
निःशुल्क डायलासिस सेवाले लुम्बिनी अञ्चलका ६ जिल्ला बाहेक प्युठान, रोल्पा, रुकुम, दाङ, बाँके लगायतका जिल्लाका विरामीहरुले यस सेवाबाट लाभन्वित हुनेमा अस्पतालको विश्वास रहेको छ । आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल सुपरीडेन्टेन प्राध्यापक डा. विडी भाटियाले सरकारसगँको सम्झौता बमोजिम विरामी निःशुल्क उपचारले नागरिकताको फोटोकपी सहित सम्बन्धित नगर, वडा वा गविसको सिफारिस पश्चात जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस तथा वैठकको निर्णय कपी अस्पतालमा पेश गर्नपुर्ने बताए ।
एक जना विरामीलाई बढीमा २ वर्ष सम्म कुल २ सय ८ पटक गरी निःशुल्क सेवा प्रदान गरिने उनले बताए ।
साथै अस्पतालले आफ्नो स्थापनाको १८ औ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा एक महिनासम्मका लागि ओपिडी टिकट तथा सामान्य बेड खर्च पनि निःशुल्क गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
विस २०७० जेठ १० गते स्थापना भएको हेमोडायलासिस विभाग अन्र्तगत हालसम्म कुल २ सय १० जना विरामीहरुले कुल ४ हजार ५ २७ पटक डायलासिस सेवा प्राप्त गरेको बताउँदै हाल अहिले युनिभर्सल अस्पतालमा ५ जना विरामीहरुले निःशुल्क डायलासिस सेवा लिइरहेको जनसम्पर्क अधिकृत गुरुङले बताए ।
यू.सि.यम.यस. शिक्षण अस्पतालले आप्mनो स्वास्थ्यसँग सम्बन्धित सेवालाई विस्तार गर्ने सम्बन्धमा यस क्षेत्र कै सवभन्दा ठूलो सुपर स्पेशलिटी अस्पतालको रुपमा विकाश गर्न गइरहेको गुरुङ्गले बताए । अस्पतालले अत्याधुनिक सुविधासम्पन्न मुटुरोग युनिट तथा पिसाब तथा पथ्थरी सम्बन्धी युनिट स्थापना गरी संचालनमा आई सकेको र निकट भविष्यमा नै सुपर स्पेशलिटीको अन्य क्षेत्रमा पनि कार्य शुरु गर्ने अस्पतालले जनाएको छ । अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै अत्याधुनिक चिकित्सा पद्धती प्रदान गर्न न्युरो शल्यचिकित्सा, प्लाष्टिक शल्यक्रिया, कार्डियोथोरासिक शल्यक्रिया, न्युरो मेडिसिन आदि जस्ता शुक्ष्म स्वास्थ्य सेवाको विकास गर्न गइरहेको मेडिकल प्रशासनले पत्रकार सम्मेलनमा जनाएका छ ।
साथै यू.सि.यम.यस. शिक्षण अस्पतालले आप्mनो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा एक महिनासम्मको लागि ओ.पि.डी. टिकट तथा सामान्य वेड खर्च निःशुल्क गरिएको जनसम्पर्क अधिकृत गुरुङ्गले जनाए ।






