चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

A Batik Air jetliner is parked on the tarmac before its departure to China at Soekarno-Hatta International Airport in Tangerang, Indonesia, Saturday, Feb. 1, 2020. The government-chartered jet departed Jakarta on Saturday to evacuate 250 Indonesian nationals from Wuhan. (AP Photo/Fadlan Syam)

सिड्नी । अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भन्नुभयो, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताउनुभयो । अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *