महतो गोल्डेनबाट बीपी प्रतिष्ठानमा

mahato
काठमाडौं– प्रहरीसँगको झडपमा गम्भीर घाइते भएका सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारको लागि धरान रेफर गरेको छ ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ वार्डको चार नम्बर बेडमा उपचार भइरहेको छन् । शनिबार साँझ रानी विराटनगरस्थित जोगबनी नाकामाधर्नामा बसेका महतोलाई प्रहरीले नीर्घात कुटपिट थिए । टाउको छाती र खुट्टामा गम्भिर चोट लागेका महतोको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको थियो ।

गोल्डेन अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदा हुँदै अस्पतालले महतोको स्वास्थ जटिल बन्दै गएपछि अचानक प्रतिष्ठानको सघन उपचार कक्षमा लगिएको हो ।

हाडजोर्नी विभागका चिकित्सकहरुले हेरेपछि उनको सोमबार बिहान प्रतिष्ठानको सर्जिकल सघन उपचार कक्षमा सारिएको प्रहरीले जनाएको छ ।

आईतबार अपरान्ह दुईतर्फी झडपमा १२ जना प्रदर्शनकारी तथा केही सुरक्षाकर्मी घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अनेकौ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।