लन्डन– आगामी मे २२ तारिख सोमबार ऊलवीचको लोटस क्लबमा ‘सनराइज धमाका’ सांगीतिक कार्यक्रम हुने भएको छ ।
उक्त सांगीतिक कार्यक्रममा हास्य कलाकार दमन रुपाखेती र राई बुढो, गायिका कला राई, गायिका, अभिनेत्री एवं मोडल विष्णु चेम्जोङको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी प्रकाशराज कँडेल र जीवन सेनले गर्नुभएको छ ।
आयोजक प्रकाशराज कँडेलका अनुसार उक्त कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ ।
कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरन्जन आयोजकले अपिल गर्नुभएको छ ।
कार्यक्रम सञ्चालन प्रसूना कँडेलले गर्नुहुनेछ भने डिजे मा हेम बिष्ट ले गर्नुहुनेछ ।






