दलहरुले संविधान निर्माणका लागि माघ ८ को विकल्पको खोजि गर्न थालेका छन् । दलहरुले विषयमा सहमति नगरे माघ ८ मा संविधान जारी गर्ने सम्भावना लगभग सकिएको आन्तरिक निस्कर्ष छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधान आउने सम्भावना दलहरुका कारण टर्दै गएको बताएका छन् । संविधानसभाको नियमावली अनुसार दलहरुले अहिले संविधानसभाको अन्तिम मस्यौदामा छलफल गर्नुपर्ने समय भनेपनि सबै कार्यतालिका मिचिएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन बारे आज पनि संविधानसभामा छलफल हुने भएको छ । सभासदहरुले संविधानसभा अध्यक्षको समय तालिकाभित्र आफ्ना कुरा राखिरहेका छन् । भावी संविधानका विवादित विषय फेरि संवाद समितिमा पठाउने वा प्रक्रियामा जाने भन्ने बारेमा पनि सभासदहरुले फरकफरक धारणा राखेका छन् । बैठक ११ बजे बोलाइएको
माघ ८ को विकल्पको खोजिदै






