कृष्णनगरमा कर्फ्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कपिलवस्तु- दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कर्फ्यु लगाएको छ ।

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताउनुभयो ।

तीन दिनसम्म पटकपटकको छलफल र संवादपछि पनि तनाव साम्य नभए पछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको हो । कृष्णनगर बजारमा समूह बनाएर हिँडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कारवाही गरिने प्रजिअ पोख्रेलको भनाइ छ ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउनुहुन्छ । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उहाँको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *