लण्डन । बेलायतका नेपाली माझ सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन यूकेको अधिवेशन आगामी डिसेम्बर ९ मा हुने भएको छ ।संस्थाको २९ औ अधीवेसन हुन लागेको हो ।
कार्यसमितिको हालै बसेको बैठकले ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एसोसिएसनको अधिवेशन मिति तय गरेको हो ।
संस्थाका कार्यबाहक अध्यक्ष शशीधर नेपाल, महासचिब बाचस्पती रेग्मीका अनुसार केही समय अघी बसेको कार्यसमीतीको बैठकबाट एसोसीयसनको नया कार्यसमीती चयनका लागी एनआरएनए यूकेका महासचिव आर के त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सदस्यमा सिद्धार्थविक्रम क्षेत्री चयन भइसकेका छन् भने अर्का सदस्य त्रिपाठीले नै मनोनीत गर्नेछन् ।
त्रिपाठीले कार्यसमितिसँग छलफल गरेर निर्वाचन कार्यतालिका छिट्टै प्रकाशन गर्ने जानकारी दिए । उनले एसोसिएसनको सदस्यता लिन पनि अपिल गरेका छन् ।
नोभेम्बर १७ मा च्यारिटी कार्यक्रम गरिने
यसैबीच यति नेपाली एसोसिएसनले आगामी नोभेम्बर १७ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
अन्ध्यारोबाट उज्यालो तर्फको यात्रा’ नाम दिइएको उक्त च्यारिटी कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालको प्रमुख आतिथ्यता तथा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो ।
प्रसिद्द हास्य कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र नृत्याङगना मरिस्का पोखरेलका आ-आफ्ना प्रस्तुतिहरु रहनेछन् ।
ग्रीनफोर्ड टाउन हलमा हुने च्यारिटी कार्यक्रमका लागि यती नेपाली एसोसीयसन युकेका पूर्वअध्यक्ष उमेश राज मोक्तानको संयोजकत्वमा उपसंयोजक ध्रुव केसी,राजु थापा,शशीधर नेपाल,बाचश्पति रेग्मी,बसन्त नेपाल, सिद्धार्थविक्रम क्षेत्री आरती श्रेष्ठ,शर्मिला सिंह रहेको तयारी समिति गठन गरिएको छ ।
कार्यक्रममा सहभागी हुन एसोसिएसनले बेलायतबासी नेपालीलाई अपिल गरेको छ ।






