लण्डन । बेलायतको नेपाली समुदायमा नेपाली कला र संस्कृतिको क्षेत्रमा योगदान गरेका ३ चर्चित कलाकारहरु उत्कृष्ट अवार्ड‘ ले सम्मानित भएका छन् ।गत हप्ता काठमाडौंको जमलस्थित नाचघरमा एक समारोहका बीच नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ ले आयोजना गरेको सो अवार्ड समारोहमा बेलायतवासी स्रष्टाहरु सरु राना गुरुङ, आस्था जोशी र दिपक मैथाने मगरलाई सम्मान गरेको हो ।
बेलायतमा एक सफल कोरियोग्राफर निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पाते की नायिका एबम बेलायत स्थित मगर संघ यूके तथा तमु समाज यूके सांस्कृतिक सचिव समेत रहेकी सरुले राजेश पायल राई र नीलम रोजु राईको स्वर रहेको गीतमा सान्ता कुमार राईको निर्देशन रहेको र मेडेलमा नाईका मगर गट ट्यालेन्ट विनर सलिना थापा मगर र सन्तोष राईको दम्दार नृत्य रहेको ‘पूर्वै सहर’ आधुनिक गीत भिडियो उत्कृष्ट कोरियोग्राफरका रुपमा अवार्ड पाएकी हुन् ।साथै निर्देशक बम्बुले शन्ताले उत्कृष्ट निर्देशक (डायस्पोरा) बिजेता हासिल गर्न सफल समेत भएका थिए ।
यसै गरि आधुनिक गीतमा बेस्ट मोडलको अवार्ड जितेकी मिसेस नेपाल यूके २०१७ बिजेता आस्था जोशी बटाजु हुन् । उक्त गीतमा चर्चित गायक टंक बुढाथोकीको स्वर र संगीतमा रहेको छ । सर्वेन्द्र अधिकारीको शब्द र अभिनय, विकेश बस्नेतको पनि अभिनय रहेको छ ।त्यस्तै जोशीले ‘किन हेरेउ’ आधुनिक गीत भिडियोबाट महिलातर्फ सर्वोत्कृष्ट मोडलका रुपमा अवार्ड पाएकी हुन् उक्त भिडियो बेलायतका चर्चित भिडियो निर्देशक कुशल श्रेष्ठ द्वारा निर्देशित रहेको छ।
यसै गरि बेलायत स्थित एक चर्चित मोडेल दिपक मैथाने मगरले ‘चट्ट परेर’ लोकपप गीत भिडियोमा सर्वोत्कृष्ट मोडलका रुपमा अवार्ड जितेका हुन् । गायिका स्वीट्ली गुरुङको आवाजमा मोडल मैथाने मगरको अभिनयमा ‘चट्ट परेर’ यूकेबाट सार्वजनिक भएको थियो । भिडियोमा मोडल दीपकलाई यूके डान्स अफ़ २०१८ की विज़ेता रजनी गुरुङले साथ दिएकी छन्, मैथाने मगरकी आफ्नै आमा चमेली थापाले अतिथि कलाकारको भूमिका निर्वाह गरेकी थिइन् ।






