शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

काठमाडौं-मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।

पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।

मोरङ ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका छन् ।