काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

काठमाडौं-बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् ।

मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् ।

सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार १ सय १८ मत पाए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।