प्रधानमन्त्री देउवा पश्चिम नेपालको चुनावी अभियानमा जाने

काठमाडौँ- नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्नुहुनेछ ।

सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन उहाँले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।