लकडाउनमा पनि लन्डनको काठमाडौं कर्नर ग्राहकको सेवामा समर्पित

लन्डन ।नेपालीहरुको लगानीमा खुलेको काठमाडौं कर्नरले संकटको बेलामा पनि आफ्ना ग्राहक तथा शुभचिन्तकलाई ग्रोसरी सामग्री उपलब्ध गराएको छ । जस्तै कोरियन नुडल्स, वाइवाइ, घिउ, खसीको मासु, दाल, चामल लगायत सम्पूर्ण घरायसी सामग्री उपलब्ध गराएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै आफ्नो नियमित ग्राहकको सेवाका लागि हामीले सामग्री उपलब्ध गराएका हौं, काठमाडौं कर्नरका प्रवन्ध निर्देशक सुनिल थापाले बताए ।

पश्चिम लन्डनको ग्रीनफोर्ड ब्रोडवेमा विगत १० वर्षदेखि आफ्ना ग्राहकहरुलाई सेवा गर्दै आएको र कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोग र सुविधालाई ध्यानमा राखेर यस्तो सुविधा उपलब्ध गराएको काठमाडौं कर्नरका प्रवन्ध निर्देशक थापाले लन्डन नेपाल न्युज संग भने, हामीहरुले केटिएम ट्राभलमार्फत् होलिडे टिकटको पनि व्यवस्था गर्दै आएका थियौं, तर अहिले हवाई सेबा बन्दछन।

यसअघि लन्डनस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा लण्डनको साउथहल स्थित लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा पहिलोपल्ट ‘ब्रिटिस नेप्लिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता समेत सम्पन्न गरेको थियो।

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिइरहदा भाइरसबाट बच्न जहाँ हुनुहुन्छ त्यहीँ ठाउँमा बँसौ आफू बाँचौ र अरुलाई पनि बचाउ ।

सम्पर्कका लागि यो 02088132755 टेलीफोन नम्बरमा डायल गर्नु पर्ने हुन्छ