उपचारपछि फर्किए एमाले अध्यक्ष ओली

काठमाडौं– स्वास्थ्य उपचारका लागि बैंकक गएका नेकपा (एमाले)का अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किएका छन् ।

स्वास्थ्यको नियमित चेकजाँचपछि ओली झण्डै दुई सातापछि स्वदेश फर्किएका हुन् ।

अध्यक्ष ओलीलाई हर्नियाको समस्या पनि देखिएको थियो । ओलीको स्वास्थ्य पूर्ण रुपमा राम्रो रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

एमाले अध्यक्ष ओली चैत २६ गते बैंकक प्रस्थान गरेका थिए । उनको चैत २७ गतेदेखि नियमित चेकजाँच भएको थियो ।

केही दिन आराम गरेपछि ओलीले स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा लाग्ने छन् ।