काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्री निवास बालुवाटारमा साइकल हस्तान्तरण गरेका छन् ।
‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ । प्रधानमन्त्री ओली केहीबेर साइकल चढेर अभियानमा सहभागी भए ।
मन्त्री पासवानले मुलुकले इन्धन आपूर्तिको सङ्कट खेपिरहेका बेला सो अभियानले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने बताए । उनले नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही प्रकारका साइकल हस्तान्तरण गरिने जानकारी दिए ।






