काठमाडौं, २ असार । बुधबार बिहानै भूकम्पका तीनवटा धक्का महसुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा ५८ मिनेटमा काठमाडौंको कीर्तिपुरलाई केन्द्र बनाएर ४.४ म्याग्निच्यूडको धक्का महसुस भएको थियो । त्यसयता थप दुईवटा भूकम्पका धक्का महसुस भएको हो । बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।
यो भूकम्पको धक्का सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काभ्रे र काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो । त्यसैगरी बुधबार बिहानै ६ बजेर २६ मिनेटमा अर्को भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान भूकम्पका ३ धक्का






