झण्डै तीन दर्जन सचिवहरुको सरुवा

काठमाडौं– केन्द्रमा नयाँ सरकार बनेसँगै एकै पटक ठुलो संख्यामा सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर (सरुवा) गरेको छ ।

सचिवहरुको पछिल्लो सरुवामा गृहमन्त्रालयको सचिवको जिम्मेवारी प्रेम राईले पाएका छन् । यसअघि गृहमा मोहन कृष्ण सापकोटा थिए ।

यसैगरी, अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाल अर्थ मन्त्रालयमा पुगेका छन् भने रक्षा सचिव विनोद केसी राष्ट्रपतिको कार्यालय पुगेका छन् ।

अर्थ मन्त्रालयका सचिव शंकर अधिकारी उपराष्ट्रपति कार्यालय पुगेका छन् भने मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङ्गले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै योजना आयोगका सचिव विष्णु लम्साल रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल श्रम, महिलाबालबालिका तथा सुरक्षा मन्त्रालय र मन्त्रिपरिषदको कार्यालयका सचिव खगराज बराल शिक्षा मन्त्रालयमा पुगेका छन् ।

यसैगरी सञ्चार मन्त्रालयका केदारबहादुर अधिकारी मन्त्रिपरिषद कार्यालय गएका छन् ।

मन्त्रिपरिषद वैठकको निर्णय अनुसार सचिवहरुको सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।