लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले सोमबार सांझ अल्डरसटस्थित किङस् सेन्टरमा एनआरएन भवन निर्माण सहयोगार्थ गरेको कोष अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।![5741_1164514060243396_6570689665443795972_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/5741_1164514060243396_6570689665443795972_n1.jpg)
तस्विरः मिलन तमु:
एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुड.को सभापतित्व सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र विशेष अतिथी एनआरएनए आइसीसी अध्यक्ष घलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले आफ्नो संस्था बाहिर देखिए जस्तो बलियो नभएको बताएका छन् । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले सोमबार सांझ अल्डरसटस्थित किङस् सेन्टरमा एनआरएन भवन निर्माण सहयोगार्थ गरेको कोष अभिवृद्धि कार्यक्रममा घलेले उक्त धारणा व्यक्त गरेका हुन् । घलेले भने, ‘अबको २०, ३० वर्षमा नेपालको सामाजिक, आर्थिक क्षेत्रमा योगदान दिन सक्ने गौरवपूर्ण संस्था बन्न अहिलेदेखि नै एक्सन प्लान, रोडम्याप र न्यू भिजन बनाउन आवश्यक छ ।’
यसैगरि प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले एनआरएनले गर्ने थ्रुपै कार्यमा सहकार्य गर्न दूतावास तयार रहेको जनाउंदै नेपालको कला संस्कृति, विकास र लगानीमा एनआरएनसंगै हात मिलाएर अगाडि बढ्न जरुरी रहेको औंल्याए ।
कार्यक्रममा एनआरएन सल्लाहाकार विश्वआर्दश पण्डितले एनआरएनले काठमाडौंमा बनाउन लागेको भवन एउटा ऐतिहासिक धरोहर भएको बताए । उनले एनआरएन अध्यक्ष घलेले लन्डनमा कुनै शक्ति प्रदर्शन गर्न जरुरी नभएको भन्दै एनआरएन विश्व सम्मेलनमा अध्यक्ष घलेले प्राप्त गरेको ८१ प्रतिशत मत नै शक्ति प्रर्दशनका लागि पर्याप्त भएको बताए । उनले फलेको रुखमा झटारो हान्नु स्वाभाविक भएको बताए । उनले काम गर्दै जादा गल्ती हुनेसक्ने लक्षित गर्दै, जस्तोसुकै परिस्थित आए पनि आफ्नो मिसन पूरा गर्न एनआरएन पछि हट्न नहुने तर्क गरे ।![10660242_1164517393576396_6567349380321295644_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/10660242_1164517393576396_6567349380321295644_n1.jpg)
कार्यक्रम महासचिव विजयविक्रम लिङ्देनले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष हिराधन राईले हेल्थ एण्ड सेफ्टीबारे र महिला उपाध्यक्ष शान्ति थापा कुंवरले स्वागत मन्तव्य दिएका थिए ।![1545645_1164513250243477_250667603396909843_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/1545645_1164513250243477_250667603396909843_n1.jpg)
कार्यक्रममा आइसीसी संरक्षक दिल गुरुङ, आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पिजी शेर्पा, आइसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, यूकेबाट आइसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम संयोजन एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले गरेका हुन् । उक्त अवसरमा स्नेहा श्रेष्ठले गाएको एनआरएन गीत, विभिन्न कलाकारहरुको नृत्य तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
काठमाण्डौंको बालुवाटारमा निर्माण हुन गइरहेको एनआरएनको केन्द्रिय सचिवालय भवनका निम्ति आवश्यक कोष संकलनको कार्यलाई पुर्णता दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट संकलित रकमबाट एनआरएन एनसीसीले उठाएको जम्मा रकम एक करोड नाघेको छ ।






