भोला लामिछाने
म्याड्रिड । म्याग्देलीहरुको साझा संस्था नेपाल प्रवासी संघ मोनाले ल्याएको महिला तथा बालबालिकाहरुको निम्ति १ करोड रुपैयाँको अक्षय कोष स्थापनाका लागि स्पेनबाट ४ लाख ३६ हजार रुपैयाँ संकलन भएको मोना स्पेनले जनाएको छ । आर्थिक संयोजक एवम् मोना स्पेनका पूर्वअध्यक्ष सन्तबहादुर क्षेत्रीको पहलमा संकलन गरेको ४ लाख ३६ हजार रुपैयाँ सल्लाहकार लालबहादुर केसी तथा साधारण सदस्य सीता केसी र मन्जु गौचनको उपस्थितिमा रकम हस्तान्तरण गरिएको मोना स्पेनले जनाएको छ ।
उक्त कोष म्याग्दीका असाहय तथा पिडित महिला बालबालीकाको सशक्तीकरण, लैङ्गिक तथा बाल अधिकार प्रवर्दनमा मुल प्रवाहीकरण गरी जिल्लाका महिला तथा बालबालिकाहरु को निमित्त काम गरिने निवर्तमान अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । यस अभियानलाई वर्तमान कार्यसमितीले पनी निरन्तरता दिदै जाने निर्णय भएको वर्तमान अध्यक्ष ओम जुग्जाली मगरले बताए ।
हामीहरू एकत्रित भएर नया सोचका साथ अगाडी बढिरहेका छौ यस अभियानलाई सहयोग गर्नु हुने सम्पूर्ण मोना मा आवद्द पदाधिकारी लगायत सबै महानुभाव हरूलाई धन्यवाद दिन चाहन्छौ संरक्षक योगेन क्षेत्रीले बताएका छन् । यस अभियानमा स्पेनलगायत अन्य देशमा रहेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै संयोजक सन्तबहादुर क्षेत्रीले सबैलाई कदरपत्र वितरण गरिएको जनाएका छन् ।
यी हुन् सहयोगदाता
१) नन्दकलि थापा मगर जैसी ( अनुषा ) १ लाख १ हजार रुपैया ( बरङ्जा – पखेर , म्याग्दी ) हाल सेभिया, स्पेन
२) लाल बहादुर केसी १ लाख रुपैया (सिङ्गा-सुर्केमेला , म्याग्दी ) हाल अलीकान्ते,स्पेन
३) मोना स्पेन १ लाख रुपैया
४) कुमारी तारा पुन मगर १५ हजार रुपैया ( थबाङ , रोल्पा ) हाल ईस्तान्बुल , टर्की
५) शन्त बहादुर क्षे त्री १० हजार रुपैया
(भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
६) ठम बुढाथोकी १० हजार रुपैया ( अर्मन , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
७) दिनेश बानीया १० हजार रुपैया (भिर मुनी,म्याग्दी) हाल बार्सिलोना, स्पेन
८) तप्पन रोका १० हजर रुपैया ( दर बाङ ९ ,म्याग्दी ) हाल बार्सिलोना, स्पेन
९) बिकाश कार्की १० हजर रुपैया ( ताकम,म्याग्दी ) हाल पाईस भास्को बिल्बाउ ,स्पेन
१०) सन्तोश भण्डारी १० हजार रुपैया (ताकम,म्याग्दी ) हाल बिल्बाउ ,स्पेन
११) कुल (नबिन ) बहादुर कार्की १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१२) मन्जु गौचन १० हजार रुपैया ( सिङ्गा-तातोपानी , म्याग्दी ) हाल बार्सीलोना , स्पेन
१३) याम बहादुर के सी १० हजार रुपैया ( बास्कुना-सिङ्गा , म्याग्दी ) हाल अष्टेलीया ।
१४) रमेश पौडेल १० हजार (पुलाचौर्, म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१५) कमल राज गुरुङ १० हजार रुपैया थाम डाडा, सिङ्गा हाल अलिकान्ते ,स्पेन ।
१६) मुक्तिनाथ पौडेल १० हजार रुपैया सिङ्गा हाल अलिकान्ते, स्पेन ।
जम्मा रक़म ४ लाख ३६ हजार नेपाली रूपैया ।






