लण्डनमा कांग्रेस नेता संजय गौतम संग जनसम्पर्क समिति युकेले राख्यो अन्तरक्रिया:

शिब भण्डारी

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका नेता संजय गौतम संग एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतले यही आइतबार डिसेम्बर २९ तारिकका दिन नेपालबाट आएका बर्दिया १ बाट बामदेव गौतमलाई पराजित गर्ने सांसद पूर्व सिचाईमन्त्री समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतम संग एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

नेपाली जनसम्पर्क समिति युकेका सभापति युवराज गुरुङका अनुसार भोलि आइतबार साउथ रायस्लिपमा रहेको रारा रेस्टुरेन्टको सभा हलमा नेता गौतमको स्वागत हुनेछ । कार्यक्रममा कांग्रेस सांसद एबम पूर्व सिँचाइमन्त्री गौतमसँग अन्तक्रिया र अंग्रेजी नयाँ वर्षको शुभकामना साटासाट गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।

बेलायतमा रहेका नेपाली कांग्रेसमा आस्था राख्ने तथा नेपाली जनसम्पर्क समितिका सदस्यहरुलाई आइतबार रारा रेस्टुरेन्टरको सभामा १ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीका लागि अध्यक्ष गुरुङले अनुरोध गरेका छन् ।

बर्दिया–१ निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका नेता गौतम पार्टीमा स्पष्ट वक्ताका रुपमा परिचित छन् । सिँचाइ मन्त्री भइसकेका गौतमले तीन पटक जिल्ला सभापति चलाइसकेका छन् । कार्यकर्ताको तल्लो लेबलसम्म पहुँच राख्ने लोकप्रिय नेता गौतम यतिबेला बेलायत भ्रमणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *