बेलायतमा संयुक्त राष्ट्रवादी नेपाली संगठनले “पृथ्वी जयन्ती”मनाउने

शिब भण्डारी

लन्डन । बेलायतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ  । संयुक्त राष्ट्रवादी संगठन बेलायतले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउने भएको हो ।

 

जनवरी १२ का दिन लन्डन वेम्बलीको सडवरी टाउनस्थित हिमालय क्लबमा दिउसो १२:३० बजे बाट कार्यक्रम हुने संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले लन्डन नेपाल न्यूज लाई बताए ।

देशमा गणतन्त्र स्थापना भएलगत्तै नेपाल सरकारले मनाउन छोड्दा समेत संयुक्त राष्ट्रवादी संगठन बेलायतले भने पृथ्वी जयन्ती तथा एकता दिवस हरेक वर्ष कार्यक्रम आयोजना गरी मनाउंदै आएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उहाँको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो। पृथ्वी जयन्तिको दिन दिँदै आएको विदा कटौति गरेपनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाईरहेको छ ।

 

कार्यक्रममा सहभागिताका लागि बेलायतमा रहेका विभिन्न नेपाली राजनीतिक संघ संगठन, जातीय संघसंस्था तथा सम्पूर्ण बेलायतबासी नेपाली समुदायसँग संगठनले अनुरोध गरेको छ

कार्यक्रमबारे विस्तृत जानकारी लिनका लागि सम्पर्क भरत क्षेत्री (०७८२८२८९६०२), उत्तमकुमार खड्का (०७९५०३८०२३०), हेमराज पौडेल (०७५७७९०९१७६), चेतमान केसी (०७४१४७२७०४८), प्रकाश सिंह (०७९०८७०४५८४), रितेश साह )०७९१८५५६९५२), बिमल आचार्य०७९४९४१९८४१) रहेको संगठनले जनाएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *