प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, सी छिट्टै नेपाल भ्रमण गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ भारतको गोवामा भेटवार्ता भएको छ ।

भेटमा प्रचण्डले सीलाई नेपाल भ्रमणका लागि विशेष अनुरोध गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको भन्दै जतिसक्दो चाँडो नेपाल भ्रमण गर्ने बताएका छन् । दुवै नेताबीच पञ्चशिल नितिको आधारमा तय गरिएको दुर्ई देशको दिपक्षिय सम्बन्ध सन्तोषजनक रहेको प्रतिक्रिया व्यक्त गरिएको छ ।

त्यस्तै विकासमा साझेदारी, पुर्वाधार निर्माण, सञ्जाल विस्तार, पारवाहन र व्यापार पर्वद्धन गर्ने बारेमा पनि भेटमा छलफल भएको छ ।

प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्ट’ मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डसँगको भेटवार्ताअघि सीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए।

ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड एयर इण्डियाको ए ३२० विमानको विशेष उडानबाट शनिबार दिउँसो गोवा पुगेका हुन् ।